४ महिना बितिसक्दा पनि वाइडबडी विमान नयाँ गन्तब्य पाएन

Nepal airlines n

काठमाडौं । अहिलेसम्म नयाँ गन्तव्यमा उडान विस्तार गर्न नसकेको नेपाल एयरलाइन्सले पहिलो वाइडबडी विमान ल्याएको झण्डै ४ महिना बितिसकेको छ ।

निगमले विमान ल्याउनुअघि नै दक्षिण कोरियाको सोल, जपान, दुबई लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, अहिलेसम्म नयाँ गन्तब्य टुंगो नलाग्दा वाइडबडी पनि न्यारोबडी र बोइङले उडान भर्ने गन्तब्यमै सीमित रहेका छन् ।

यसले निगलाई महिनामा २५ देखि ३० करोडसम्म नोक्सान भइरहेको दाबी पर्यटन मन्त्रालय स्रोतको दाबी छ । मन्त्रालय स्रोतकाअनुसार निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमानहरु अहिले चुस्त अवस्थामा छन् । यो अवस्थामा वाइडबडीलाई दैनिक १६ घण्टासम्म उडाउन सके निगमले ३० करोडसम्म कमाउन सक्छ । अझ टाढा गन्तब्यसम्म उडाउँदा त्यो भन्दा निकै उच्च कमाइ हुन्छ ।

तर, निगमले नयाँ गन्तब्यमा उडान अनुमति पाउन सकेको छैन । लक्षित गरेको जापान, कोरिया, चीन र साउदी कतै पनि वाइडबडीले उडान अनुमति पाएको छैन । अष्ट्रेलिया उडानको कुरा पनि गफमा मात्रै सीमित रहेको छ ।

यसले नियमित गन्तब्यहरुमा न्यारोबडी र वाइडबडी विमान आलोपालो उडाउनु पर्ने बाध्यता छ । वाइडबडीले दोहा, दिल्ली, बैंगलोर लगायतका गन्तब्यमा दिनमा केही उडान गर्छ । वाइडबडी विमानहरु दैनिक ८ घण्टासम्म उडिरहेको वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।

निगमले कोरियाको सिओलस्थित इन्चोन र जापानको हानाडा एयरपोर्टमा उडान अनुमति लिन खोजेको छ । तर, कोरियाले नेपालको हवाई सुरक्षाको सुपरिवेक्षण गरेर मात्रै उडान अनुमति दिन सकिने जवाफ दिएको छ ।

वायुसेवा निगमले चीनको ग्वान्झाओ एयरपोर्टसम्म उडान अनुमति मागेको थियो । तर, चीनले पनि स्लटको समस्या देखाउँदै ग्वान्झाओमा उड्न अनुमति दिएन । सांघाई लगायतका विमानस्थलमा उडान अनुमति माग्न अध्ययन भइरहेको प्रवक्ता सिग्देलको भनाई छ ।

निगमको व्यवसायिक योजना कमजोर हुँदा यो अवस्था आएको एक उच्च अधिकारीले स्वीकार गरे । ‘जापान लगायतका मुलुकले नयाँ वाइडबडी ल्याउँछ भन्ने विश्वास गरेनन्, ल्याएपछि मात्रै बल्ल प्रक्रिया अघि बढाइयो’ उनले भनेका छन् । पर्यटन मन्त्रालयले भने वाइडबडीले लामो समयसम्म नयाँ गन्तब्यमा उडान गर्न नसक्ने हो भने निगमले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने चिन्ता व्यक्त गरेको छ ।

दुई वाइडबडी उडाउन निगमलाई २८ जना पाइलट आवश्यक पर्छ । २७४ सिटको वाइडबडीमा झण्डै १० जनाको ‘क्रयु’ चाहिन्छ । यस्तो अवस्थामा नयाँ विमान महिनौं थन्काएर व्यवसायिक सफलता हात पर्न कठिन हुने अधिकारीहरु बताउँछन् । निगमका प्रवक्ता सिग्देल भने नयाँ उडान अनुमति नआउँदासम्म जहाज नउडेकै कारण आर्थिक समस्या नपर्ने बताउँछन् ।

‘अहिले पनि वाइडबडी उडिरहेका नै छन् । नयाँ गन्तब्यमा छिट्टै जाँदैछौं’ उनले भने, ‘अहिले केही समय नयाँ विमान नउड्दा आर्थिक जोखिम सिर्जना हुन्छ जस्तो हामीलाई लाग्दैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...