‘रुमालै छ चिनो’ मा कसले कसलाई दिन्छ चिनो ? हेर्नुस् भिडियो

Rumal chino

काठमाडौं । नेपालको चलचित्र नगरीमा कति चलचित्र चुपचाप बन्छन् र चुपचाप नै हलसम्म पुग्छन् । कतिपय चलचित्र निक्कै तामझाममा साथ निर्माण प्रारम्भ हुन्छन्, चुपचाप सकिन्छन् ।

अहिले चुपचापसँग एउटा नयाँ चलचित्रको निर्माण सम्पन्न भएको छ । त्यो हो रुमालै छ चिनो । जुन चलचित्र चुपचाप निर्माण प्रारम्भ भयो । र अहिले यसको एउटा गीत सार्वजनिक भएको छ ।

सम्पादनको अन्तिम चरणमा पुगेको चलचित्र ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । यसमा अर्जुन पोखरेल र अन्जु पन्तको आवाज सुन्न सकन्छि । यो गीतमा शब्द र संगीत अर्जुन पोख्रेल कै छ ।

गत कात्तिक २२ मा निर्माण प्रारम्भ भएको सो चलचित्र ‘रुमालै छ चिनो’ काठमाडौं, ललितपुर, रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न स्थानमा पुगेर ५० दिनमा छायांकन सकिएको थियो । सम्पादनको अन्तिम चरणमा पुगेको ‘रुमालै छ चिनो’ मंशिर दोस्रो साता हलमा ल्याउने निर्माण पक्षको योजना छ ।

यसमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, शान्ति श्रेष्ठ, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, चन्द्रबहादुर खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

गोरखा सैनिकमा भर्ती भएको एउटा वीर गोर्खालीको सपनामा केन्द्रित चलचित्र ‘रुमालै छ चिनो’ लाई दिनेशसिंह ठकुरीले निर्देशन गरेका छन् । भिडियो छायांकन बिनोद सापकोटाले गरेका हुन् भने सम्पदान शिब थारुको रहेको छ ।

ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्र चन्द्रबहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस