लगन गाँठोमा कसिँदै नायीका र निर्देशक

Deepika diwakar

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ की नायिका दीपिका प्रसाई र चलचित्र निर्देशक दिवाकर भट्टराई लगन गाँठोमा बाधिने पक्कापक्की भएको छ ।
उनीहरुले दशैंको टिकाको केही दिनपछि इन्गेजमेन्ट गरेका हुन् । सामाजिक संजाल फेसबुकमा दुइले एकसाथ तस्बिर राख्दै सधैँका लागि एक भएको उल्लेख गरेका छन् ।

चलचित्र ‘ऐश्वर्य’ निर्माण लगतै कोर्ट म्यारिज गरेका दीवाकर र दीपिका मंसिर महिनामा बिहे गर्ने तयारीमा पनि छन् । दिवाकर र दीपिका शनिबार नै थाइल्याण्ड जाँदैछन् ।

उनीहरु चलचित्रसम्बन्धी कामकै लागि जान लागेको बुझिएको छ । दीपिकाले चलचित्र ‘छक्का पन्जा ३’मा काम गरेकी छिन् भने दिवाकरले निर्देशन गरेको ‘क्याप्टेन’ चलचित्र प्रदर्शनको तयारीमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...