१५ वर्ष कान्छासँग मिस यूनिभर्स सेनको चल्यो अफेयर

Susmita sen qkbt0kk5ss

काठमाडौं । अफेयरका कारण पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री  सुष्मिता सेन चर्चामा आएकी छिन् ।

सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेका ताज महल हेर्न सँगै गएका थिए । अभिनेत्री सुस्मिता सेन ४२ वर्षीया हुन् भने मोडल रोहमन शल २७ वर्षका हुन् ।

सुष्मिता सेनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गदै लेखेकी छिन् ‘रोमान्स रिटर्न्स ’ । उक्त तस्बिर सार्वजनिक भएसँगै सबैले अब सुष्मिताले उनको प्रेम सम्बन्धलाई सार्वजनिक गर्न चाहेको बताइहेका छन् ।

यसअघि मुम्बई फेशन वीकमा अभिनेत्री सुष्मिता सेनले र्‍याम्प वाक गरिरहँदा दर्शक दीर्घामा बसेका रोहमन सुष्मिता सेनकी दुई छोरीहरुका साथ बसेर चियर गरिरहेका थिए ।

यसबाट उनी र सुष्मिताका छोरी बीचको सम्बन्ध पनि राम्रो रहेको प्रष्ट हुन्छ । यसबाहेक मिडियाहरुले कैयौं पटक एयरपोर्टमा सुष्मिता र रोहमन सँगसँगै भएको तस्बिरहरु लिएका थिए ।

/uploads/kartik/suSHro_wGMw2udWYD.jpgसुष्मिता सेनको नाम यस अघि रणदिप हुड्डा, विक्रम भट्ट, मुदस्सर अजीज र ऋतिक भसीका साथ जोडिइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...