भक्तपुरमा साहित्य सम्मेलन सम्पन्न

Vaktapur sahitya sammelan

भक्तपुर । भक्तपुरमा सोमबार ३८औं नेपाल भाषा साहित्य तःमुज्या (सम्मेलन) सम्पन्न भएको छ ।

लामो समय देखि नेपाल भाषा साहित्य लाई जर्गेनार्थ भक्तपुरमा संचालन हुँदै आएको तःमुंज्याले यस बर्षले पनि निरन्तरता पाएको थियो । ३७ बर्षदेखि निरन्तर विजया दशमीको अवसरमा गरिदै आएको साहित्य सम्मेलन यो वर्ष आइतबार र सोमबार दुई दिन भएको हो ।

नेपाल भाषा साहित्य र कला उत्थान गर्ने उदेश्यका साथ समसामयिक राजनीति विषयमा जनतालाई सचेतना दिँदै आएको सो सम्मेलनले नेपाली साहित्य क्षेत्रको जगेर्नाको अहम भूमिका निर्वाह गरेको पाईन्छ ।

नेपाल भाषा मात्र नभएर नेपालमा प्रचलनमा रहेका जुन कुनै भाषा संस्कृति एवं साहित्यको संरक्षणका खातिर भक्तपुरमा तःमुंज्या गर्दै आएको छ ।

नेपाली साहित्यका पारखीहरुका लागि सवै भन्दा उपयुक्त मझेरिका रुपमा हरेक बर्ष आयोजना हुँदै आएको तंःमुज्यामा नेपाली साहित्य श्रृजनाका विभिन्न हस्तीहरुको रचना दुई दिनसम्म सुन्न सकिनेछ ।

हरेक बर्ष तःमुंज्या दसैंको द्धादशी र त्रयोदशीको दिन गरिँदै आएको छ । जसमा प्रतियोगी तथा अप्रतियोगी दर्जनौं नवोदित साहित्यकारहरुले आफ्नो सिर्जना प्रस्तुत गर्नुका साथै साहित्य सम्मेलनलगत्तै साँझ सांस्कृतिक कार्यक्रम प्रस्तुती गरिन्छ ।

सम्मेलनको उद्घाटन सहित पुष्परत्न शाक्यका श्रीमती विजयलक्ष्मी शाक्य र शहिद निर्मलकुमार शाक्यका माता असलमाया शाक्यले सयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...