पेट्रोल अभाव हुदैन, ढुक्क हुन उपभोक्तालाई आग्रह

Petrol ko mulya

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नहुने भएकाले ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको छ । हिजोदेखि काठमाडौंका पेट्रोल पम्पमा सवारी साधन लाइन लागेपछि निगमले यस्तो आग्रह गरेको हो ।

दशैँ मान्न उपत्यकाबाट बाहिरिने साना ठूला सवारीको चाप बढेसँगै पेट्रोलियम पदार्थको माग दोब्बर भएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले हिजोदेखि पेट्रोल पम्पहरुलाई मागेजति तेल वितरण गरिरहेकाले अभाव नहुने बताए । सामान्य बेला उपत्यकामा दैनिक ५ लाख लिटर पेट्रोल खपत हुने गरेपनि हिजो पम्पहरुलई ११ लाख लिटर उपलब्ध गरइएको उनको भनाइ छ ।

‘आज र भोलि पम्पहरुले मागेजति तेल दिन्छौँ,’ प्रवक्ता गोइतले भने, ‘पम्पहरुमा मनग्य तेल भएपछि अभाव हुँदैन ।’ दशैँका तीन दिन अष्टमी, नवमी र दशमीमा देशभरकै डिपो बन्द हुने भएकाले आज र भोलि पम्पलाई पर्याप्त तेल उपलब्ध गराइने गोइतले बताए । निगमले अघिल्ला दशैँहरुमा पनि केही दिन डिपो बन्द गर्ने गरेको थियो । डिपो बन्द हुँदा पनि कर्मचारी रहने भएकाले अभाव हुने अवस्था आए तत्काल डिपो खोलेर तेल दिईने प्रवक्ता गोइतले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...