पाँच दिन फोहोर नउठाइने

Fohor 3

काठमाडौं । सिसडोल ल्यान्डफिल साइट दशैँको पाँच दिन बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो ।

वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे। लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसकेर आलोचना खेप्दै आएको काठमाडौं महानगरपालिकाले फोहोर सुचारु हुन थालेपछि दशैँ मनाउने बहानामा पाँच दिन फोहोर व्यवस्थापन नगर्ने भएको हो।

विभाग प्रमुख कुवँरले स्थानीयलाई दशैँमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको जानकारी दिए। स्थानीयले दशैँमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए।

दशैँको ५ दिन उपत्यकाका २२ वटै स्थानीय निकायको फोहोर व्यवस्थापन हुनेछैन। हाल दैनिक ८ सय टन फोहोर संकलन हुने गरेको छ। तीमध्य सिसडोल ल्यान्डफिल साइटमा झन्डै ५ सय टन फोहोर व्यवस्थापन हुने गरेको छ। सिसडोलमा दैनिक १ सय २० वटा सवारी साधानले फोहोर व्यवस्थापन गर्ने गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...