चितुवाको छालासहित एक पक्राउ

Arrested

काठमाडौं । चितुवाको छालासहित महानगरीय प्रहरी परिसर काठमाडौँले एकजनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले चितुवाको पूर्ण कदको छाला लिएर हिँडिरहेको अवस्थामा काभ्रेपलाञ्चोकका १८ वर्षीय कुनसाङ्ग तामाङलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जेब्रा झोलामा लुकाएर बेचविखन गर्न हिँडिरहेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको परिसरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...