बाबुसँग ऋण मागेर नपाउँदा छोराको अपहरणपछि हत्या

Bara bala hatya

कलैया । गत बुधबार बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ३ नयकाटोलका धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दिपकको अपहरणपछि हत्या भयो ।

बाराको जीतपुरका व्यापारी ललन गुप्ताका ९ वर्षीया छोरा अंकित गुप्ताको अपरहणपछि हत्या भएको थियो । तीन महिनाभित्रै बारामै बालकको हत्या भएको यो दोस्रो घटना हो ।

यी दुबै घटनामा अपहरण गरी फिरौती मागिएको थियो । अंकित परिवारले एक करोड भन्दा बढी रकम फिरौतीबापत बुझाएपछि अपहरणकारीले बालकको हत्या गरेका थिए । हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तर, बुधबार दिपकको २ लाख फिरौती मागेर हत्या गरियो । त्यसको एउटै मात्रै कारण थियो सिसिइबी फेर्नु । गाउँमै लागेको मेला हेर्न गएका दिपकको गत बुधबार अपहरण भएको थियो । मेलाबाट बालक अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

बालक हराएको सूचना पाएपछि खोजी सुरु गरेको प्रहरीले शनिबार राति स्रिमौनगढ नगरपालिका –३ स्थित सार्वजनिक जंगलमा बालकको शव फेला पारेको हो ।

दुई लाख ऋण नदिएको झोकमा बालकको हत्या गर्ने १७ वर्षीय हरेन्द्रकुमार कुशवाहा र २३ वर्षीय श्याम बैठालाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ परेकामध्ये हरेन्द्रले एक महिना अघि बालकका बुवासँग दुई लाख रुपैयाँ ऋण मागेको र ऋण दिन अस्वीकार गरेपछि रिसिबी साध्न हत्या गरेको बयान दिएका छन् ।

ऋण नदिएपछि हरेन्द्रले बालकका बुवालाई समय आएपछि देखाउछु भन्दै धम्की दिएका थिए । हरेन्द्रले ऋण नदिएको रिसबी साध्न बालकको अपहरण गरी हत्या गरेको बताएका छन् ।

अपहरणकारीले बालकलाई अपहरण गरेको भोलिपल्टै हत्या गरेका थिए । अपहरणलगत्तै बालकको बुबा धनेश्वरसँग फोनमार्फत १० लाख फिरौती माग गरेका उनीहरुले बालकको हत्या गरी शव जंगलमा फालेको बयान प्रहरीलाई दिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...