अरिंगलले टोक्दा बझाङमा ३ वर्षीय बालकको मृत्यु

Aringal tokai

बझाङ । दसैंको मुखमै आएको बेला बझाङमा दुःखद घटना भएको छ । त्यो दुखद घटना हो अरिंगलको टोकाईबाट १ जनाको मृत्यु हुनु ।

अरिंगालले टोक्दा ३ वर्षीय बालकको मृत्यु भएको छ । केदार स्यु गाँउपालिका–२, कोटिगाँउ बस्ने रणबहादुर विष्टका ३ वर्षीय छोरा कुमार विष्टको मृत्यु भएको हो ।

घर नजिकै रहेको रुखमा रहेको अरिंगालको गोलोमा बालबालिकाले ढुंगा हिर्काएपछि उनीहरुलाई अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरिंगालको टोकाइबाट सोही गाँउका अन्य ३ जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा ५ वर्षका अमित विष्ट, ४ वर्षका भरत विष्ट र ७ वर्षकी रूपा विष्ट रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको प्रथमिक स्वास्थ्य चौकी देउरामा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...