लोक सेवाको विज्ञापन बन्द गर्न सरकारी निर्देशन, लाग्यो ठूलो झड्का

Lok sewa 28

काठमाडौं । लोकसेवा आयोगले अब दुई महिनसम्म कुनै पनि विज्ञापन नगर्ने भएको छ ।

आइतबार करिब ७ घण्टासम्म चलेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगलाई २ महिनापछि मात्रै नयाँ कर्मचारीका लागि आवेदन खुला गर्न पनि निर्देशन दिएसँगै अब दुई महिना लोकसेवाका कुनै पनि वित्रापन नखुल्ने भएको हो ।

यसअघि केही समय लोक सेवा आयोगले अबदेखि विज्ञापन नगर्ने हल्ला चलाइएको थियो । ७ सयभन्दा बढी अधिकृतको विज्ञापन माग गरेर भर्ना प्रक्रिया अघि बढाएको आयोगलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयले झड्का लागेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सरकारले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ । दुई महिनापछि लोकसेवा आयोगमार्फत् देशभरका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयले लोकसेवा आयोगले थालिसकेको ७ सय भन्दा बढी अधिकृतको भर्ना प्रक्रिया प्रभावित हुने भएको छ । सो विज्ञापनको भविष्य के हुने भन्ने अन्यौल बढेको छ । सरकार दुई वर्ष विज्ञापन रोकेर निजामती कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउन लक्षित छ । ऐन संशोधन गरी अध्यादेशमा यस्तो प्रावधान राख्न लागिएको हो ।

त्यसैगरी सो बैठकले नेपालको समग्र विकासको लागि इन्जिनियरिङ, चिकित्सा, व्यवस्थापन, कानुन, अर्थशास्त्रमा आवश्यक पर्ने समग्र जनशक्तिको आकलन गरेर तदनुरुप शैक्षिक संस्थाहरु तथा समग्र शैक्षिक प्रणालीको पुनर्संरचनाको निम्ति सुझाब दिन शिक्षामन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...