बास्तोलाको निधनपछि कांग्रेसले १३ दिन शोक मनाउने

Bastola 28

काठमाडौं । नेपाली कांग्रेसले चक्रप्रसाद बास्तोलाको निधनमा १३ दिनसम्म शोक मनाउने भएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको आकस्मिक १३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो । सो बैठकले ३ दिनसम्म केन्द्रीय तथा मातहत र जिल्लाका सबै पार्टी कार्यालयको झन्डा आधा झुकाउने, सोमबार मातहत र जिल्लाका सबै पार्टी कार्यालहरू बन्द गर्ने निर्णय गरेको छ ।

सो बैठकले सबै पार्टी कार्यालयहरूमा शोक पुस्तिका राख्‍ने निर्णय पनि गरेको छ । त्यसैगरी कात्तिक ७ गते गर्ने भनिएको चियापान कार्यक्रम कार्तिक १६ गते गर्ने भएको छ ।

वास्तोलाको शनिबार ललितपुरको खुमलटारस्थित निवासमै निधन भएको थियो । उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा राखिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता बास्तोलाको पार्थिव शररमा पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा कांग्रेसलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समर्थक शुभेच्छुकले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...