पर्वते अनिश थापा बने लिगलिगे राजा, जसलाई मन्त्रीले लगाइदिए श्रीपेच

Liglige raj

गोरखा । कुनै बेला लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा नौ वर्ष अघिदेखि लिगलिगकोट दौड प्रतियोगिता हुँदै आएको छ ।

यो वर्षको लिगलिगे राजा हुन सफल नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । उनी पर्वतका हुन् ।

चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका थिए । उनी यो वर्षको लिगलिगे राजा बनेका छन् ।

पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् ।

उनले पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँ प्रापत गरे । उनलाई श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान गरियो ।

उपाधि विजेता थापालाई आजको रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गराइने लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

प्रतियोगितामा वाग्लुङका तीर्थ पुन दोस्रो भए । उनले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पार गरेका थिए । निर्धारित दूरी ५९ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३५ हजार र २५ हजारको साथमा मेडल र प्रमाणपत्र पाए ।

स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भइन् । खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...