बरालले ल्याए ‘अहल्या’ उपन्यास

Baral ko upnyas

धनकुटा । धनकुटामा बसेर पनि अनुसन्धानात्मक पुस्तक प्रकाशन गर्दै आएका ठाकुरप्रसाद बरालले नयाँ साहित्य कृति ल्याएका छन् ।

लामो समयदेखि लेखन र पत्रकारितासमेत गर्दै आएका बरालले ‘अहल्या’ नामक उपन्यास ल्याएका छन् । सो उपन्यासको शनिबार सहिद भीमनारायाण श्रेष्ठ पत्नी लक्ष्मीदेवी श्रेष्ठले विमोचन गरिन् ।

धनकुटाबाटै प्रकाशन भएको यो तेस्रो उपन्यास हो । यसअघि खगेन्द्र प्रधानाङ्गको ‘हारी’ र उपेन्द्र पोख्रेलको ‘मिमि’ उपन्यास बजारमा आएको थियो ।

यो धार्मिक उपन्यास पनि हो । यसमा धार्मिक ग्रन्थहरुमा वारम्वार पञ्चकन्याका नाममा विभूषित नारीहरु मध्येकी एक अहल्यालाई नायिकाको रुपमा उभ्याएको छ । यो उपन्यासले वर्तमान नेपालको वास्तविकतालाई समेत व्यङ्य गर्दै साहित्यका क्षेत्रमा नयाँ प्रयोगकोप्रयास गरिएको छ ।

धनकुटामा नै बसी कविता, काव्य, कथा, नाटक, उपन्यास सिर्जना गर्ने परम्परा केही वर्षदेखि हराउँदै गएको छ । यस्तो अवस्थामा आएको यो उपन्यासले मोफसलमा नै बसेर पनि काव्य रचना गर्न सकिने रहेछ भन्ने प्रमाणित गरेको छ । यो कार्यले धनकुटेली युवा साहित्यकारलाई प्रोत्साहित पनि गरेको छ ।

सो पुस्तकको विमोचन कार्यक्रममा सहिद पत्नी लक्ष्मीदेवी श्रेष्ठ, घनश्याम बराल, गङ्गा ढुंगाना, यज्ञप्रसाद गुरागाईं, विगेन्द्र याखा, होमबहादुर वस्नेत, मनोजनारायण श्रेष्ठले उपन्यासले धनकुटाको साहित्य क्षेत्रमा थप मद्धत पुग्ने आशा व्यक्त गरेका थिए ।

सो पुस्तक धनकुटा साप्ताहिकले प्रकाशन गरेको हो । यो ९६ पेजको छ । धनकुटा साप्ताहिकका सम्पादक प्रकाशक राजेश्वरबहादुर श्रेष्ठले मोफसलबाट पुस्तक प्रकाशन हुन सक्दैन भन्ने मान्यतालाई यो उपन्यासले चिर्न सक्ने बताए ।
सो कार्यक्रम पत्रकार रमेशचन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...