‘ए मेरो हजुर ३’को फस्ट लुक्स सार्वजनिक, कस्तो देखियो जोडी ?

A mero hajur3 2 1

काठमाडौं । सुनिल कुमार थापाको निर्माण र अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्म ‘ए मेरो हजुर ३’को फस्ट लुक्स सार्वजनिक गरिएको छ । फस्ट लुक्सको रुपमा फिल्म युनिटले नायक अनमोल केसी र नव नायिका सुहाना थापाको पोस्टर सार्वजनिक गरेको छ ।

फिल्ममा अनमोल र सुहानाको मुख्य भूमिका रहनेछ । सुहानाले आफनै होम प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्मबाट डेब्यु गरेकी हुन् ।

सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । सार्वजनिक पोस्टरमा अनमोलको हातमा गितार छ भने छेउमा सुहाना छिन् । अनमोलको हातमा गितार रहेको हुदाँ यो फिल्म म्युजिकल लभ स्टोरीमा आधारित बन्ने अनुमान लगाउन सकिन्छ । यो पोस्टरमा अनमोल र सुहानाको केमेस्ट्री जमेको छ ।

/uploads/Vadau/Ashoj/a-mero-hajur3.jpgफिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहनेछ । रोशन श्रेष्ठले द्वन्द्व रहेको छ भने सञ्जय लामाको छायांकन गर्नेछन् ।

चैत २९ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्मको फस्ट लुक्स सार्वजनिक गरिएको हो । फिल्मको फस्ट लुक्स सार्वजनिकसँगै फिल्मको छायांकन असोज २६ गते शुक्रबार देखि सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...