‘छक्का पञ्जा ३’ले पहिलो दिनमै डेढ करोड !

Chhakkapanja tikatbooking k

काठमाडौं । यसबर्षको सर्वाधिक प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ बम्पर ओपनिङ्ग गरेको छ । प्रदर्शनको पहिलो दिनमै यो मल्टीस्टारर फिल्मले झण्डै डेढ करोडको कलेक्सन गर्न सफल भएको छ ।

निर्माता दिपकराज गिरीका अनुसार ‘छक्का पञ्जा ३’ ले घटस्थापनामा करिब एक करोड तीस लाखको ग्रस कलेक्सन गरेको छ । तर यो नै चलचित्रको एकिन कमार्ई भने नभएको निर्माता गिरीको भनाई छ । ‘प्रदर्शनको पहिलो दिन एक करोड तीस लाखको कलेक्सन गर्यो होला भन्ने हाम्रो अनुमान हो ।’ ‘छक्का पञ्जा २’ ले प्रदर्शनको पहिलो दिन एक करोड ५३ लाखको ग्रस कलेक्सन गरेर किर्तिमानी बनाएको थियो । ‘बिदा नपर्दा पनि ‘छक्का पञ्जा ३’ ले गरेको यो व्यापार रेकर्ड नै हो’, उनको भनाई छ ।

आमा सरस्वती मुभिज र आइएमइको ब्यानरम बनेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रलाई सुमन गिरी ‘भाञ्जा’, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगाइँ ‘निशान’, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनियाँ र केशब न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको यसअघि सार्वजनिक गीत र ट्रेलरलाई पनि दर्शकहरुले खुब रुचाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...