यस्तो देखियो ‘चङ्गा चेट’को फस्र्टलुक

Changa cheta

काठमाडौं । सिनेमा ‘चङ्गा चेट’ निर्माण टिमले फस्ट लुक पोष्टर सार्वजनिक गरेको छ । कार्तिक १६ बाट प्रदर्शनमा आउने फिल्मको पोष्टरमा फिल्मका मुख्य कलाकारलाई उडेको चंगा भित्र राखिएको छ । सिनेमा चंगा चेट माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण तथा दिपेन्द्र के खनाल निर्देशनमा तयार भएको हो ।

यस अघि २ गीत ‘गोजीमा दाम छैन’ र ‘ढल्की ढल्की नाचन’ रिलिज गरिसकेको छ । सिनेमाको ट्रेलर आइतबार दिउसो सार्वजनिक गर्ने तयारीमा रहेको छ । सिनेमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सिनेमामा निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा देखिनेछन् । सिनेमामा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...