प्रदेश १ को नाम र राजधानी तोक्न सांसदहरुको माग

Pradesh 1

विराटनगर । प्रदेश १ का सांसदहरुले प्रदेशको नाम र राजधानी तत्काल तोक्नुपर्ने बताएका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विशेष समयमा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेशको नाम कायम गर्दा लिम्बूवान् शब्द थप्नैपर्नेमा जोड दिएकी थिइन ।

यसअघि शून्य समयमा प्रदेशसभा सदस्य जयराम यादवले प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरलाई नै अनुमोदन गर्न प्रदेश सरकारसँग माग गरे । उनले सेवासुविधा भएको विराटनगरलाई नै स्थायी राजधानी बनाउन सबै प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराए ।

सदस्य आशारत्न जबेगुले सुशासन र पारदर्शिताविना लोकतन्त्र बलियो हुन नसक्ने भएकाले प्रदेश सरकारको कामकारवाही सोही ढङ्गको हुनुपर्ने बताउँदै प्रदेशका प्रमु्ख अङ्गलाई जथाभावी सार्न नहुने सुझाव दिए ।

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

यता, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नं १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने बताए । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै यसबारे छिट्टै निर्णय लिने दाबी गरे।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...