बलिउडमा डेब्यू गर्दै सुनील शेट्टीका छोरा अहान शेट्टी

Suniel sajid ahan d nakjg7sms0

काठमाडौं । एक पछि अर्को गर्दै स्टार किडहरु बलिउड फिल्म उद्योगमा डेब्यू गरिरहेका छन् ।

अभिनेता सुनील शेट्टीका छोरा अहान शेट्टी डेब्यूको तयारीमा रहेका छन् । फिल्म निर्माता साजिद नाडियडवाला दक्षिण भारतीय फिल्म ‘आर.एक्स. १००’को रिमेक बनाउने तयारीमा रहेका छन् । यस फिल्ममा अभिनेताको रुपमा उनी अहान शेट्टीलाई लिइरहेका छन् ।

यस अघि साजिदले अभिनेता ज्याकी श्रफका छोरा टाइगर श्रफलाई बलिउडमा डेब्यू गराएका थिए भने अब उनी सुनीलका छोराको करियर बनाउने तयारीमा लागेका छन् ।

अहान शेट्टी यतिबेला यस फिल्मका लागि तयारीमा जुटिसकेका छन् । उनी नृत्य सिकिरहेका छन् भने जीम समेत गरिरहेका छन् ।

अहान शेट्टीको यस फिल्ममा अभिनेत्री पनि नयाँ अनुहारलाई नै लिने खबर रहेको छ । यस फिल्मको निर्देशन मिलन लथुरियाले गर्नेछन ।

प्रतिकृया दिनुहोस