‘द क्वीन अफ झाँसी’ ‘मनिकर्णिका’को दमदार टीजर सार्वजनिक

Manikarnika 2

काठमाडौं । छायाँकंनको समयदेखि नै चर्चामा रहेको फिल्म ‘मणिकर्निका’ को टीजर सार्वजनिक भएको छ ।

अमिताभ बच्चनको दमदार आवाजले टीजरको सुरुवात गरिएको छ । फिल्ममा झाँसीकी रानीको भूमिकामा अभिनेत्री कंगना रनावत एक निडर र साहसी अवतारमा देखिएकी छिन् ।

यस टिजरमा कंगना झाँसीकी रानीको अवतारमा युद्ध मैदानमा दुश्मनहरुका साथ लडिरहेकी देखिन्छिन् । उनी आफ्ना नाबालक छोरालाई साथमै लिएर आफ्नो देश बचाउन अंग्रेजहरुका विरुद्ध लडाइमा होमिएकी छिन् ।

यो टिजर धमाकेदार एक्शनले भरपुर हुनुका साथै अमिताभ बच्चनको आवाजले झाँसीकी रानीको वर्णन र व्याख्या गरेर थप दमदार बनाएका छन् ।

टीजर हेर्दा प्रष्ट हुन्छ की कंगना रनावतले यस फिल्मका लागि निकै मेहनत गरेकी छिन् । ‘मणिकर्निका’ को निर्देशन राधा कृष्ण जगारलामुण्डीले गरेका छन् ।

तर पछिल्लो ४५ दिनको निर्देशनको काम कंगना आफैले गरेकी हुन् । तर कंगनाले फिल्म निर्देशनको क्रेडिट भने नलिने निर्णय गरेकी छिन् ।

Video

प्रतिकृया दिनुहोस