तेजुले ल्याए ‘च्यानाकुटी च्यानाकुटी झ्याई’

Jyaikuti jhyai

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिएका गायक गीतकार तथा संगीतकार तेजु अर्यालको नयाँ डान्सिङ लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । एक आकर्षक म्युजिक भिडियो सहित गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।

स्वर, शब्द तथा संगीत अर्यालकै रहेको गीतमा म्युजिक एरेन्ज भने पुस्कर सुनुवारको रहेको छ । ‘च्यानाकुटी’ एल्बम भित्र समेटिएको गीतको भिडियो भुवन श्याङ्बो तामाङले निर्देशन गरेका हुन् ।
ग्रुभी ब्वाइज र एसके गल्स्का साथमा नयन डिसीको आकर्षक नृत्य रहेको भिडियोमा सुर्य योन्जनको कोरिगोग्राफी रहेको छ ।

 

प्रतिकृया दिनुहोस