फुल्दै गरेका यी प्रतिभा, जो बन्दुकको नाल समाउँदै सिर्जनामा ब्यस्त छन्

Purusotam sanu

काठमाडौं । ‘औसीको रातहरुमा’ यो गीत झण्डै २०६० तिर रेकर्ड भएको थियो । जुन गीतमा स्वर दिएका थिए पुरुषोत्तम नेपाली अर्थात् पुरुषोत्तम सानुले । जुन गीत दिपेन्द्र रसाइलीको शब्द र संगीत छ ।

यो अडियो मात्र हो । जुन बेला अडियोको जमाना थियो । भिडियोको जमाना आइसकेको थिएन । 

उनै सानु २०६३ मा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकबाट जागिरे जीवन जीउन सुरु गरे । त्यसयता उनले त्यसयता गायन यात्रालाई बिट मारे । अनि सुरु गरे लेखन यात्रा ।

भनिन्छ बन्दुक समाउनेको मन हुँदैन, दया हुँदैन, माया हुँदैन र कला परिष्कृत बनाउने क्षमता हुँदैन । तर, उनीमा कुनै कुरा लागू हुँदैन । अर्थात् जागीरे जीवनको व्यस्तताका बीचमा उनी कविता कोर्छन्, गीतका शब्दहरु जोड्छन् । शब्दहरुमा भावनाको खोजी गर्छन् ।

सोलुखुम्बु पासाङलामु गाउँपालिका वडा नं. २ मा जन्मिएका सानुले एक दर्जन जति कविताहरु कोरेका छन् । त्यति नै मात्रामा लेख रचनाहरु प्रकाशित भएका छन् । तर, विडम्बना, उनले अहिलेसम्म उनले आफ्ना सिर्जनालाई संग्रहको रुपमा भने ल्याएका छैनन् ।

सानुको उत्कृष्ठ सिर्जनाको रुपमा तयार पारेको ‘तिमी आकासको तारा’ बोलको गीतलाई मिङमा शेर्पाले स्वर दिएका छन् । सुरज शाही ढकुरीले संगीत गरेका छन् ।

उनीप्रति राष्ट्रियताको भावना छ । जुन कुरा उनका सिर्जनाले व्यक्त पुष्टि गर्छ । अर्थात्, ‘संघर्ष सगरमाथाको’ ले दर्शाउँछ उनका गीतका कतिको राष्ट्रियता झल्किन्छ भनेर । जसलाई चर्चित गायक राजेशपायल राईले स्वर दिएका छन् भने राजु सिंहले संगीत गरेका छन् ।

आजभोली गीत रेकर्ड गरेर मात्र हुँदैन । अडियोको जमाना हराइसकेको छ । त्यही भएर पनि उनले यो गीतको म्युजिक भिडियो बनाएका छन् । त्यति मात्रै होइन, ‘तिमी आकासको तारा’ को पनि म्युजिक भिडियो बनाएका छन् ।

त्यति मात्रै होइन, उनका शब्दमा तयार भएको ‘चिनेको छैन तिमीलाई देखेको मात्र हो’ मात्र बोलको गीत रेकर्ड भएको छ । जसमा प्रविण शाहीको स्वर छ भने नविन श्रेष्ठको संगीत छ । ‘ढुंगाको मुर्ति जस्तै’ जस्ता गीतहरु रेकर्ड भएका छन् । अन्य ४ वटा गीत तयारी अवस्थामा छन् ।

व्यक्ति एक, प्रतिभा अनेक 
स्वभाविक रुपमा उनी प्रहरी सेवामा कार्यरत रहेकाले बन्दुक समाउनु अनिवार्य नै हो । तर उनी बन्दुक नाल समाउने समय सकिएपछि शब्द सिर्जनातिर लाग्छन् । उनी गीत सबै प्रकार गीत लेख्छन् ।

उनी बहुमुखी प्रतिभाका धनी हुन् भन्दा कुनै फरक पर्दैन । किनकी बर्दीमा रहेका सानु गीत लेख्छन्, कविता लेख्छन्, लेख रचना उत्तिकै लेख्छन् भने एफएममा पनि बोल्छन् ।

‘बैगुनी रैछौ मायालु मिठो बोली बोल्ने’ एकताकाको चर्चित गीत हो यो । जसलाई राजेशपायल राईले स्वर दिए । जुन गीत रेकर्ड भएको २३ वर्षपछि म्युजिक भिडियो बन्यो । जसमा उनै सानुले अभिनय गरेका छन् । ‘तिमी आकासको तारा’ मा पनि उनले अभिनय गरेका छन् ।

यो त गीतको म्युजिक भिडियोको कुरा भयो । उनले चलचित्रमा पनि अभिनय गरेका छन् । प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छिरिङ’ मा उनी देखापरेका छन् । त्यति मात्रै होइन, राजेश हमाल अभिनित चलचित्र ‘आफ्नोपन’ उनी राजेश हमालसँगै देखापरेका छन् ।

उनी ठूलो पर्दामा मात्रै होइन, साना पर्दामा पनि उत्तिकै देखापरेका छन् । ‘करुणा, घर संसार, कसलाई आफ्नो भनुँ’ जस्ता टेलिचलचित्रमा देखापरेका थिए भने हाल कान्तिपुरबाट प्रत्येक शुक्रबार प्रदर्शन हुने हास्य टेलिचलचित्र ‘ट्वाक्कटुक्क’ मा उनलाई देख्न सकिन्छ ।

यो त देखिने कुरा भयो । उनी मासैल आर्टका राम्रा खेलाडी हुन् । र, सामाजिक अभियान्ता पनि हुन् । ‘सकारात्मक सोच राख्नुपर्छ । समाजका लागि केही न केही गर्नुपर्छ भन्ने मेरो भावना छ’ उनले भने, ‘बाँचुञ्जेल कही न केही त गरेर देखाउनै पर्छ नी ।’

प्रतिकृया दिनुहोस