‘च्यानाकुटी च्यानाकुटी झ्याई’ बोलको गीत सार्वजनिक (भिडीयोसहित)

Dhamaka

काठमाडौं । नयन डिसीले ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ बोलको गीतले अर्को धमका मचाएका छन् ।

तेजु अर्यालको उक्त गीतमा नयनलाई मोडल निरन्जली लामाले दमदार नृत्यसहितको अभिनय प्रस्तुत गरेकी छिन् ।

तेजु अर्यालको शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियोलाई भुवन स्याङबो तामाङले निर्देशन गरेका छन् ।

पवन सुस्लिङले खिचेको भिडियोमा पुस्कर योन्जनको कोरियोग्राफी रहेको छ । डान्सिङ लोक पप उक्तमा गीतमा ग्रुभी बोइज र एसके गल्र्सले साथ दिएका छन् ।

 

प्रतिकृया दिनुहोस