प्रदेश नं. ७ को नाम ‘सुदूरपश्‍चिम’, राजधानी कैलालीको ‘गोदावरी’

7nn

धनगढी । संसदीय समितिको सिफारिस अनुसार नै प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ पारित भएको छ।

शुक्रवार पहिलो पटक स्थगित भएर फेरि बसेको प्रदेश ७ को संसद बैठकको दुईतिहाइ बहुमतबाट प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ स्थित तेघरीमा राख्ने निर्णय गरेको हो।

प्रदेशको नाम र राजधानी सिफारिसका लागि सांसद तारा लामा तामाङ संयोजकत्वमा गठित समितिकै सिफारिसलाई प्रदेश संसदको बैठकले पास गरेको हो ।

संसदीय समितिका संयोजक तामाङले समितिको प्रस्ताव पासका लागि पेश गरेपछि दुईतिहाइ बहुमतले उक्त प्रतिवेदनलाई पारित गरेको हो ।

प्रदेश ७ मा नेकपाको दुईतिहाइ बहुमत रहेको छ। तर समितिको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले भने असहमति जनाएका छन् ।

प्रदेशको नाम र राजधानीमा सहमति नजुटेपछि संसदको बहुमतले यसको टुंगो लगाएको हो । प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’कायम गर्ने पक्षमा ३८ मत खस्दा यसको विपक्षमा रहेका १४ सांसद मतदानमा सहभागी भएनन् ।

प्रदेश ७ मा ५३ जना सांसद रहेकोमा प्रदेशको नाम र राजधानी पारित गर्न ३६ मत भए पुग्थ्यो । तर २ मत बढी अर्थात् पक्षमा ३८ मत खस्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...