शान्ति स्थापना गर्ने अभियानमा नेपालको भूमिका

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग आज प्रधानमन्त्री केपी शर्मा ओलीले द्विपक्षीय भेटवार्ता गरेका छन् ।

नेपाल तथा राष्ट्र संघबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।

उनीहरुबीच शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव गुटेरेसले शान्तिपूर्ण सङ्क्रमणमा नेपालमा सशक्त प्रजातन्त्र स्थापना हुनु उदाहरणीय भएको बताउँदै नेपालको पुनः संरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसंघीय सहयोगको वचनबद्धता दोहोर्ए ।

प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्र संघको सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...