मेलम्चीलाई ९० करोड जरिवाना !

Melmachi

काठमाडौं । सडक विभागलाई मेलम्ची खानेपानी आयोजनाले ९० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

आयोजना निर्माणका क्रममा पाइप बिछ्याउँदा ठाउँ–ठाउँमा सडक भत्किएकाले क्षतिपूर्तिबापत ठूलो रकम बुझाउनुपरेको हो ।

विभागलाई ३० करोड रुपैयाँ भुक्तानी दिइसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । बाँकी रहेको पनि भुक्तानी दिने प्रक्रियामा रहेको निर्देशनालय प्रवक्ता दिवाकरप्रसाद ढकालले बताए । ‘मुख्य सडक भत्काएबापत ९० करोड तिर्दै छौँ, हामीले भत्काएका शाखा सडक त हामी बनाइदिन्छौँ,’ उनले भने ।

भत्काइएको मुख्य सडक पिच गर्ने काम विभागले गर्छ । शाखा सडक भने आयोजनाले नै बनाइदिनेछ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि पाइप बिच्छ्याउँदा अधिकांश सडकहरू भत्काएको छ । आयोजनाले भत्काएका सडक समयमै मर्मत नहुँदा स्थानीय र आम यात्रु धुलो र हिलोको सास्ती खेपिरहेका छन् ।

बागमतीको पानीले मेलम्ची आयोजनाका पाइप पखाल्दै

उपत्यकामा बिछ्याइएको मेलम्ची आयोजनाका पाइप सफा गर्ने काम चलिरहेको छ । निर्देशनालयले पाइपमा जमेको माटो र अन्य फोहोरको सफाइ सुरु भएको जानकारी दियो । शुद्धीकरण गरिएको बागमतीको पानीले पाइपहरू डिसइन्फेक्सन र फ्लसिङ गरिएको प्रवक्ता ढकाल बताउँछन् । ‘हामीले सुन्दरीजलदेखि धोबीखोला, चाबहिलहुँदै महाराजगन्ज नारायणगोपाल चोकसम्म फ्लसिङ गरिसक्यौँ,’ उनले भने, ‘पाइपमा जमेको हिलो तथा सर्प, भ्यागुता पसेको भए पनि सफाइ गर्दै छौँ ।’

सडक भत्काउनेक्रम जारी

चक्रपथभित्र बिछ्याउनुपर्ने एक हजार एक किलोमिटर पाइपमध्ये अहिलेसम्म सात सय ३० किलोमिटर मात्रै बिछ्याइएको र २ सय ७० किलोमिटर बाँकी रहेको निर्देशनालयले जनायो । बाँकी भागमा सडक खन्ने र पाइप पुर्ने काम जारी छ । पानी लिकेज देखिएको ठाउँमा पुनः सडक खनेर लिकेज टाल्ने, पाइप काटेर जोड्ने काम भइरहेको प्रवक्ता ढकालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...