ढिस्कोले पुरिएर एक किशोरीको मृत्य

Main 900

सिन्धुली । घर पोत्न माटो लिन गएकी एक किशोरीको शुक्रबार मृत्यु भएको छ।

दुधौली नगरपालिका-३ कालापानीकी १८ वर्षीया किशोरी कविता दनुवारको माटोको ढिस्कोले पुर्दा मृत्य भएको सिन्धुली प्रहरीले जनाएको हो।

बिहानै माटो लिन गएकी दनुवारलाई माटोको ढिस्कोले पुरेको र स्थानीयको पहलमा उद्धार गरिए पनि उनको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए।

घटनाबारे अनुशन्धान भइरहेको र शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याउन लागिएको प्रवक्ता थापाले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...