यौन हिंसामा ‘अमेरिकाका पिता’ जेल चलान

Ameriya

काठमाडौं । चर्चित हास्य कलाकार बिल कोस्बी यौन हिंसा आरोपमा दोषी ठहर भएपछि जेल चलान भएका छन् ।

उनलाई पेन्सिलभेनियाका एक न्यायाधीशले १० वर्ष जेल सजाय सुनाएका हुन् ।

८१ वर्षीय कोस्बीको नाम अमेरिकाको यौन अपराधी सूचीमा पनि सूचीकृत भएको छ । अदालतको आदेशबारे कोस्बीले कुनै प्रतिक्रिया जनाएनन् ।

उनलाई सन् २००४ मा लागुपदार्थको ओसारपसार र यौन हिंसाको आरोपमा दोषी पाइएको हो । कोस्बीले जमानतका लागि अनुरोध गरेपनि अदालतले उनको अनुरोधलाई अस्वीकार गर्दै जेल सजाय तोकेको बिबिसीले जनाएको छ ।

सन् १९८० को दशकमा हास्य कार्यक्रम ‘कोस्बी शो’ सञ्चालन गर्न थालेपछि उनी चर्चामा आएका थिए । उनलाई त्यसबेला ‘अमेरिकाको पिता’ भनेर चिनिथ्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...