प्रदेश नं. ७ को राजधानी ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’

Pradesh 7

काठमाडौं । प्रदेश नं.७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेशसभामा पेस गरिएको छ ।

प्रदेशको नाम र राजधानी तोक्न गत साउन १४ गते प्रदेशसभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन प्रस्तुत गरेको छ ।

संसदीय समितिले प्रदेश-७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन पेस गरेको छ । समितिले राजधानीका लागि गोदावरी नगरपालिकाको वडा नं.४ स्थित तेघरी ब्यारेकनजिकको वनलाई निर्धारण गरेको छ ।

सो समितिले राजधानीका लागि सिफारिस गरेको गोदावरी नगरपालिका हालको प्रदेश नं.७ को अस्थायी राजधानी धनगढीबाट करिब २० किलोमिटर उत्तरमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...