धनगढी-अत्तरिया ६ लेन सडक कछुवा गतिमा निर्माण, स्थानीय हिलो र धुलोले प्रभावीत

Pradesh 7

धनगढी । धनगढी-अत्तरिया ६ लेन सडक निर्माण सुरु भएको १६ महिनामा २० प्रतिशत मात्र काम भएको छ ।

०७६ जेठमा सक्नुपर्ने आयोजनाको काम करिब २० प्रतिशत मात्र सम्पन्न भएको ६ लेन सडक आयोजना कार्यालय धनगढीका प्रमुख मनीषकुमार शाहले बताए । हालसम्मको प्रगति हेर्दा आयोजनाको काम समयमै सम्पन्न नहुने देखिएको उनले जनाए ।

सडक क्षेत्र समयमै खाली गराउन नसक्दा प्रगति न्यून रहेको शाहको तर्क छ । सडक क्षेत्रमा परेका कतिपय घर अहिलेसम्म भत्काउने काम सकिएको छैन । १ अर्ब ६८ करोड रुपैयाँ लागत रहेको आयोजनाको काम ३ खण्डमा विभाजन गरेर भइरहेको छ । धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४।२ किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ ३२। २ मिटर रहनेछ ।

व्यापार व्यवसाय प्रभावित
६ लेन सडकसँगै जोडिएका पसलहरूको व्यापार धुलो र हिलोले चौपट्टै भएको व्यापारीहरूले बताएका छन् । धनगढी राजपुरस्थित ६ लेन सडक छेउमा व्यापार गर्दै आएका हर्क जप्रेलले भने, ‘पसलअगाडि हुने हिलोले ग्राहक आउँदैनन् । आइहाले पनि सामान धुलाम्य हुने भएकाले किन्न मन गर्दैनन् ।’ अर्का व्यापारी आशिष पौडेलले भने, ‘बिहान पसल अगाडि राखेको सामान बेलुकासम्म धुलोले पुरानोजस्तो भइसक्छ । ६ लेनको सडक निर्माण सुरु भएपछि व्यापार व्यावसाय चौपट छ ।’ व्यापार व्यवसाय ठप्प हुँदा भाडा तिर्नसमेत समस्या भएको व्यापारीहरू बताउँछन् ।

हिलो र धुलोले सास्ती
सडक निर्माणमा भइरहेको ढिलाइले आवतजावतमा समस्या भएको छ । ‘पानी परेपछि हिलैहिलो हुन्छ । घाम लागेको दिन सवारीसाधन गुड्दा उड्ने धूलोले कुहिरो लागेजस्तै हुन्छ ।’ धनगढी राजपुरका सुलिन चौधरीले भने, ‘धुवा, धूलो र हिलोले हिँड्डुल गर्न निकै समस्या छ ।’

प्रदेशकै प्रमुख व्यापारिक केन्द्र भएकाले यो सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइकललगायत दैनिक सयौँ सवारीसाधन गुड्छन् । बोराडाँडी, राजपुर, गेटालगायत क्षेत्रका स्थानीय दैनिक साइकल र पैदल ओहोरदोहोर गर्छन् । मान्छे चिन्नै मुस्किल हुने गरी शरीरभरि धुलो भरिने गरेको गेटाका स्थानीय पिएस बोहराले बताए । ठेकेदार र सरोकारवाला निकायका कारण स्थानीयबासिन्दाले एक वर्षदेखि धुलो र हिलो खेप्नुपरेको उनको गुनासो छ । ‘ठेकेदार र सरोकारवाला निकायको लापरबाहीका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।’ बोहराले भने, ‘काम तीव्र रूपमा भएको भए अहिले भोग्नुपरेको सास्तीबाट छिटो मुक्ति पाइन्थ्यो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...