पहिरोका कारण तीन महीनादेखि बाटो अवरुद्ध, स्थानीयको सम्बन्धित निकायमाथि दोश

Pahiro 3

जुम्ला । उर्थु–लासी सडकखण्ड अविरल वर्षापछि आएको पहिरोका कारण तीन महीनादेखि बन्द छ ।

पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ ।

सो सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

‘सडक बनाउन कसैले चासो देखाएका छैनन्,’ पातारासी गाउँपालिका-५ का विर्षबहादुर बुढाले भने। सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् ।

‘दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,’ पातारासी-५ का मुनबहादुर बुढाले भने । वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाको भनाइ छ ।

बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...