सिरहामा डाक्टरको अपहरण, खोजी जारी

Kidnapped in

काठमाडौं । लहानको पिपल चोकबाट एकजना चिकित्सकको अपहरण भएको छ । प्रहरीका अनुसार सप्तरी घर भई मकवानपुर सहकारी अस्पतालमा कार्यरत डाक्टर सुवास कुमार बनैता यादवको अपहरण भएको हो ।

यादवकी श्रीमती पूनमले प्रहरीलाई दिएको जानकारी अनुसार मंगलबार साँझ समुहमा आएका अपरचित ब्यक्तिले उनलाई सेतो गाडीमा राखेर लगेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहा र नजिकका प्रहरी इकाईले अहिले यादवको खोजी गरिरहेका छन् ।

सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जिल्लाबाट बाहिर जाने सबै नाका बन्द गरेर डा.यादवको खोजतलास सुरु गरिएको जानकारी दिए । यादवलाई अपहरणकारीले भारततर्फ लैजान सक्ने आशंकाका कारण भारतीय सीमानाकामा समेत कडाई गरिएको श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...