अमेरिकीसहित १४ मुलुकका सेनाले अभ्यास गर्दैछन् किन ?

Minitary training

काठमाडौं । भूकम्प र बाढीपहिरो लगायतका विपद् परेकाहरुको उद्धार उद्धार तथा राहत बितरणको लागि नेपाली सेनाले मंगलबारदेखि बिशेष अभ्यास शुरु गरेको छ ।

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय तालिम आयोजना गरिएको हो ।

विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदानसहित काठमाडौमा गरिएको तालिम १४ मुलुकका ६४ सेनासहित सशस्त्र र नेपाल प्रहरीबाट समेत सहभागी छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले तालिम उद्घाटन गर्दै विपद परेका बेला मानवीय सेवा गर्नका लागि आवश्यक छलफल गर्न अभ्यासको आयोजना गरिएको बताए । उनले तालिमले विपद व्यवस्थापनका लागि आवश्यक जनशक्ति, स्रोत तथा साधन परिचालन कार्यक्रमलाई प्रभावकारी बनाउन सहज बनाउने विश्वास व्यक्त गरे ।

४ दिनसम्म चल्ने तालिममा नेपाल, अमेरिका, भारत, चीन, क्यानडा, फिलिपिन्स, बंगलादेश, बेलायत, डेनमार्क, बेल्जियम लगायतका मुलुकका सेना सहभागी छन् ।

तालिममा नेपालको कर्णाली प्रदेशस्थित दैलेखमा विनाशकारी भूकम्प गएर त्यस क्षेत्रका सडक अवरुद्ध, पुल भत्केको र सुर्खेत विमानस्थलको केही भागमा क्षति भएको अनुमान गरि त्यस्तो अवस्थामा खोज, उद्धार र राहत कार्यक्रमबारे व्यवहारिक अभ्यास गरिने नेपाली सेनाले जनाएको छ । काठमाडौंको विभिन्न स्थानमा समेत अभ्यास हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...