बिस्कुट किन्न पसल गएकी बालिका मृत अवस्थामा फेला, हत्याको भएको अनुमान

Rape case

कास्की । बिस्कुट किन्न साँझ सोमबार ६ बजेपसल गएकी एक बालिकाको हत्या भएको छ ।

आफन्तले रातिसम्म खोजी गर्दा नभेटिएकोमा मंगलबार बिहान ८ बजे १० वर्षीया श्रेया मृत अवस्थामा भेटिएकी हुन् ।

स्थानीयका अनुसार बिस्कुट किन्न भनेर पसलतिर गएकी श्रेयाको शव, मामा घरबाट पसल जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

बालिकाको निधारमा ढुंगाले हानेर हत्या गरिएको देखिएको छ । शवको छेउमै रगत लागेको ढुंगा पनि भेटिएको प्रहरीले जनाएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।

बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । श्रेया स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् ।

स्थानीयले खबर गर्नेबित्तिकै प्रहरी घटनास्थल पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल ल्याएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले हत्या भएको देखिए पनि अरु कुरा पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताए ।

स्थानीयले बालिकाको बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने र पोष्टमार्टमका लागि शव लैजान नदिन भन्दै स्थानीयले धेरैबेर प्रहरीलाई शव उठाउन समेत दिएको थिएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...