सावित्रीको मृत्यु प्रकरणमा ओम बाबालाई थप ८ दिन हिरासतमा राख्ने

Om baba

हेटौंडा । हिरासतमा रहेका ओम बाबालाई जिल्ला अदालत मकवानपुरले थप ८ दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ ।

हेटौंडा १४ मयुरधापमा रहेको ‘सत्य ओम बाबा आरोग्य आश्रम’का संचालक ओम बाबा भनिने ओम प्रकाश श्रेष्ठलाई सोमबार जिल्ला अदालत मकवानपुरले थप अनुसन्धान गर्न प्रहरीलाई थप ८ दिन म्याद दिएको छ ।

हेटौंडा ११ नवलपुरकी साबित्री पुडासैनीको मृत्यु प्रकरणमा पीडितको जाहेरीको आधारमा प्रहरीले ओम बाबालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धान कार्य नसकिएकोले अदालतले थप ८ दिन म्याद थपेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए ।

पीडित परिवारको उजुरीका आधारमा असोज १ गते पक्राउ परेका श्रेष्ठलाई प्रहरीले अदालतबाट असोज २ गते ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...