पाटन–पञ्चेश्वर सडक अवरुद्ध

Pahiro 3

बैतडी । गएरातिदेखि पहिरोका कारण बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ ।

बर्षा लगातार भएपछि पाटन नगरपालिकाको घाङल खोलामा सडक माथिबाट पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले ‘सडक माथिबाट ठुलो पहिरो खसेको बताए । उनले ‘सानो मेसिनले पन्छाउन नहुने हुँदा स्काभेटरको लागि डिभिजन सडक कार्यालयसँग कुरा भएको बताएका छन् ।

अवरुद्ध सडक सुचारु गर्नका लागि पाटनबाट स्काभेटर जाने तयारी भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि त्यस क्षेत्रमा आवतजावत गर्न लागेका यात्रुहरु अलपत्र परेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...