निर्मला हत्या प्रकरणको अन्तिम छानबिन प्रतिवेदन आज बुझाउँदै

Home minestry

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिन गर्न गठित समितिले आफ्नो अन्तिम प्रतिवेदन मंगलबार बुझाउँदै छ ।

छानबिन समिति संयोजक एवम् गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वको समितिले अहिले केहीबेरमा प्रतिवेदन बुझाउन लागेको गृह स्रोतले जनाएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शकास्पद देखिएको भन्दै गृहमन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानबिन समिति गठन गरेको थियो ।

समितिले हिजो प्रतिवेदन बुझाउने तयारी गरेपनि सार्वजनिक बिदा परेकाले आज गृहमन्त्री रामबहादुर थापा समक्ष पेश गर्दैछ । समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो ।

त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...