सवारी दुर्घटनामा २ जनाको मृत्यु, ८ जना घाइते

Accide

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीमा मंगलबार बस र माइक्रोबस आपसमा ठोक्किँदा २ जनाको मृत्यु र ८ जना घाइते छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ ख४४४२ नं.को माइक्रो र विपरित दिशाबाट आउँदै गरेको लु१ ख४१९४ नंको बस आपसमा ठोक्किएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा व्याँस-११ घर भई हाल भादगाउँमा बस्दै आएकी ३४ वर्षिय सरस्वती कुँवर र अर्की एक महिलाको ठेगाना खुल्न नसकेको प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।

दुर्घटनामा माइक्रोबस चालक तुलबहादुर विकसहित ८ जना घाइते छन् । घाइते मध्ये व्याँस-२ की ८० वर्षिय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ ।

उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेकोे बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...