डुब्यो कैलाली ! अधिकांश क्षेत्र जलमग्न

Dhangadhi

कैलाली । गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

धनगढी उपमहानगरपालिकाको एल।एन। चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् ।

अत्यधिक वर्षा हुने मनसुनको अवधिमा समेत डुबानमा नपरेका धनगढीका यी क्षेत्रहरु एकदिन परेको पानीका कारण जलमग्न भएका हुन् ।

अविरल वर्षाका कारण धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडकमा पानी जमेका कारण बिहानै स्कुल तथा कलेज जाने विद्यार्थीहरु बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानीका कारण अहिलेसम्म कुनै मानवीय क्षती नभए पनि केहि पसल र घर डुबानमा परेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...