अनन्ते मेला शुरु

Mela

बाजुरा । बाजुरा जिल्लामा अन्नते मेला शुरु भएको छ ।

भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष महत्वका साथ मनाउने गर्दछन् ।

अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गरिन्छ । महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा यस पर्वलाई मनाउने परम्परा छ ।

मेला अवधिभर मागल, लाखेनाच, पाण्डवको युद्ध कौशल, युद्ध नीतिका बारेमा चर्चा गरी देउडा खेल्ने चलन रहेको ज्योतिश गोविन्दराज जोशी बताए।

अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पति भएको किंवदन्ती छ । स्थानीय लोक संस्कृति र पहिचानस्वरुप मनाइने अनन्ते मेला जिल्लाभर धुमधामका साथ मनाइने गरिन्छ । मेलाका माध्यमबाट देउडा सांस्कृतिको जगेर्ना हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...