‘लाहुरे’ बनेर पहिला यौन शोषण, अनि चोरी

Chori gari

काठमाडौं । पोखरामा एक ब्यत्तिले आफूलाई ब्रिटिसको आर्मी बताएर महिलामाथि यौन शोषण र उनै महिलाको नगद तथा गरगहना चोरी गरेका छन्। सुर्खेतको भेरिगङ्गा नगरपालिका–१३ का बिर्खबहादुर थापाले आफूलाई ब्रिटिसको लाहुरे बताएर महिलालाई प्रभावमा पारी यौन सम्पर्क गर्नुका साथै चोरी गरेका कास्की प्रहरीले जनाएको छ।

थापाले आफू लाहुरे भएको भन्दै एक महिलालाई फकाएर पोखराको पृथ्वीचोकको होटल पु-याएका थिए। होटलमा महिलाको यौन शोषण गरेपछि थापाले महिला शौचालय गएको मौकामा शौचालयको ढोका थुनेर आफूचाहिँ महिलासँग भएको ३ लाख ५० हजार नगद र ४ तोला सुन लिएर फरार भएका थिए ।

प्रहरीले थापालाई पक्राउ गरेपछि उनको कर्तुत बाहिर आएको हो । थापाले फेसबुकमार्फत नै ती महिलासँग सम्बन्ध बनाएको समेत प्रहरीको भनाई रहेको छ । आफू यौन शोषणमा परेको र नगद तथा सुन चोरिएको निज महिलाको उजुरीपछि प्रहरीले थापालाई पक्राउ गरेको हो ।

पोखराको पृथ्वीचोकबाट पक्राउ परेका थापालाई करणी तथा चोरीमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक गुरुङका अनुसार थापाले बिगतदेखि नै आफूलाई लाहुरे भएको बताउँदै महिलाको यौन शोषण र चोरी गर्दै आएको समेत खुलेको छ।

पक्राउपछि थापाको फेसबुक आइडी हेर्दा उनका करिब ५ सय जना महिला साथी मात्र रहेको र आफू ब्रिटिस लाहुरे र प्रहरीको सई भएको भन्दै महिलासँग कुराकानी गर्ने गरेको देखिएको छ । उनको प्रभावबाट अरु कैयौं महिला पीडित बनेको प्रहरीको आशंका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...