बैतडीमा चितुवा आतंक बढेपछि स्थानीय त्रसित

Chituea

बैतडी । बैतडीमा चितुवाले बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ निङलाडमा गएको दुईहप्ता यता गाउँमा चितुवाले आतंक मच्चाएको स्थानीयवासी नरेन्द्रबहादुर चन्दले बताए । अहिलेसम्म स्थानीय किसानका एक दर्जन बढी बाख्रा चितुवाले खाइसकेको उनले बताए ।

स्थानीय हरि चन्द, लक्ष्मी चन्द, शंकर चन्द, मनोज चन्द, सन्तोकी चन्द, गोरख चन्दलगायतका किसानहरुले पालेका बाख्रा चितुवाले खाएको उनले बताए ।

गाउँमा चितुवाले लगातार बाख्रा खान थालेपछि स्थानीयवासीहरु त्रसित बनेका छन् । २०६८ साल यता तल्लोसोराडमा चितुवाले आतंक मच्चाउँदै आएको छ ।

अहिलेसम्म चितुवाको आक्रमणबाट २३ जनाको ज्यान समेत गइसकेको छ । चितुवाले पटकपटक मानिसलाई आक्रमण गर्ने भएकाले बाख्रा खाने चितुवाले मानिसलाई समेत आक्रमण गर्ने हो कि भन्ने चिन्ताले सताएको स्थानीयवासीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...