सुनका गहना चोरी गर्ने चोर पक्राउ

Pagal haru

गुल्मी । सुनका गरगहनासहित एक जना पक्राउ परेका छन् ।

रेसुङ्गा नगरपालिका-९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेपालीले रेसुङ्गा नगरपालिका-११ सिमीचौर घर भएकी बसन्ती भुसालको मंगलसुत्र, क्लिप एक एक थान, औठी २ थान, झुम्का १ थान चोरी गरेको प्रहरीले जनाएको छ ।

भुसाल माइती गएको मौका छोपी गरगहना चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिबबहादुर खत्रीले बताए ।

नेपालीलाई शंकास्पद अबस्थामा फेला पारी खानतलासी गर्ने क्रममा प्रहरीले तम्घासबाट पक्राउ गरेको थियो । ७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

चोरी गरेको कसुरमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ३० हजार देखि ५० हजारसम्म जरिवाना हुन सक्ने छ । गत वर्षको असारमा नेपालीले बिभिन्न किसमिका मोवाइलहरु चोरी गरेको कसुरमा ४५ हजार धरौटी राखी तारेखमा छुटेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...