बस्न्यात समाजको आर्थिक सहयोगमा शव चिस्यान केन्द्र निर्माण

Gorkha

गोरखा । श्रीपाली बस्न्यात समाजको आर्थिक सहयोगमा जिल्ला अस्पताल गोरखामा शव चिस्यान केन्द्र निर्माण भएको छ ।

केन्द्रको सोमबार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् ।

करिब १२ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको श्रीपाली बस्न्यात समाज जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष बिनोद बस्न्यातले बताएका छन् ।

‘पोष्टमार्टमका लागि ल्याइएको शव एक दिन बढी राख्नुपर्दा गन्हाएर टोल नै दुर्गन्धित हुने भएकाले त्यही समस्यालाई मध्यनजर गर्दै चिस्यान केन्द्र निर्माणमा संञ्चालन गरेको बस्न्यातले बताए ।’

उक्त चिस्यान केन्द्रमा एकैपटक ६ वटा शव राख्न मिल्ने उनको भनाइ छ । चिस्यान केन्द्र निर्माण भएसँगै शव राख्नका लागि सहज हुने अस्पतालले जनाएको छ ।

चिस्यान केन्द्रमा शव राखे वापत शुल्क लिने वा नलिने भन्ने कुरा अस्पताल विकास समितिले निर्णय गर्ने डा. श्रीराम तिवारीले तीवारीको भनाइ छ । ‘सकेसम्म अस्पतालले मेन्टेनेन्स खर्च व्यहोर्ने गरी निःशुल्क गर्ने भन्ने छ अब छिट्टै समितिको बैठक बसेर यसको निर्णय गर्छाै,’ उनले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...