बुढिगण्डकीमा नुहाउन गएका एक भारतीय नागरीक बेपत्ता

Buddignaga

धादिङ । नदीमा नुहाउन गएका एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ बुट्टारमा बूढीगण्डकी र आँखुखोलाको दोभानमा नुहाउन गएका बेला दक्षिणी भारत बङ्लोर निवासी ४० वर्षीय आनन्द मोहन माथिबाट खससेको ढिस्कोले पुरेर आइतबार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

हराइरहेका ती व्यक्तिको खोजी भइरहेकोे प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस