तपाईलाई उच्च शिक्षा पढ्न पैसा भएन हो ? अब सरकारले सस्तो ब्याजदरमा ऋण दिदैछ...

Rin chahiyo

काठमाडौं । तपाइँले माध्यामिक तहको शिक्षा गर्नुभयो तर त्यसपछिको शिक्षाको लागि लगानी भएन, त्यसो हो भने नआत्तिनुहोस्, माध्यमिक शिक्षापछिको उच्च शिक्षा र प्राविधिक शिक्षाको लागि सरकारले सहुलियतमा ऋण दिँदैछ ।

गएको भदौ २१ गते नै मन्त्रीपरिषद्ले पारित गरेको सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यविधिमा विभिन्न ७ वटा शिर्षकमा सहुलियतको कर्जा दिइने उल्लेख छ ।

त्यसमध्ये उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पनि उल्लेख छ ।

कार्यविधि अनुसार माध्यमिक तह पास गरेका तर २५ वर्ष उमेर ननाघेका युवाले शैक्षिक कर्जा पाउनेछन् । आर्थिक रुपमा विपन्न, सिमान्तकृत वा लक्षित वर्गको कसैले पढ्न चाहेमा बैंङक तथा वित्तिय संस्थाबाट ५ लाख रुपैयाँसम्मको ऋण पाइने छ ।

यसको लागि उच्च शिक्षा पढिरहेको वा पढ्न चाहने इच्छा सहितको निवेदन, शैक्षिक प्रमाणपत्र, र विपन्न, सिमान्तकृत या लक्षित वर्गको युवा भएको सिफारिस स्थानीय तहले गर्नुपर्नेछ ।

यसको लागि अब राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिनेछ । त्यसपछि ऋण पाइने छ । यसरी लिएको ऋण ५ वर्षमा फिर्ता गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस