सवारी दुर्घटनामा आठजना घाइते

A

कास्की । बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

काहुडाँडाबाट पोखरातर्फ छुटेको ग१ ख६०९८ नम्बरको बस आइतबार बिहान पोखरा ११ काहुडाँडामा अनियन्त्रित भइ पल्टिँदा आठजना घाइते भएका हुन् ।

घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस