नेपालको कला संस्कृति विश्वकै उत्कृष्ट: सञ्चार मन्त्री बाँस्कोटा

Gokul baskota u0kvjycs5b

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको कला संस्कृति विश्वकै उत्कृष्ट भएकाले यसलाई जोगाउनुपर्ने आवश्यकता रहेको बताए ।

संविधान दिवसका अवसरमा बिहिबार रेडियो नेपालमा आयोजित जागरण गीत सम्मेलनको उद्घाटन गर्दै उनले भने, “समृद्धि एकै पटक आउने कुरा होइन, मुलुकको विकास गरी सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ ।”

मन्त्री बाँस्कोटाले राजनीतिक लडाईं सकिएकाले अब गरीबी, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको अभियानमा सरकार लागेको बताए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले मुलुकको राजनीतिक परिवर्तनमा कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे ।

कार्यक्रममा मधु गुरुङ लगायतका समूहले ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, नेपाल प्रहरीको समूहले ‘हिमालको हाँसो, तराईको आँगन, पहाडको सिरानी, नेपाल मेरा चार किल्लाभित्र कोही छैन विरानी’, जेवी टुहुरेले ‘फेरि हामी एकचोटी उठ्नुपर्ने भयो, देशभक्त सबै जुट्नुपर्ने भयो’ तथा किरण प्रधानले ‘जो देशलाई ठूला ठान्दैन, परि आउँदा मन मान्दैन, ऊ नेपाली हुन सक्दैन’ लगायत जागरण गीत गाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...