उस्तै रवाफ छ ‘माउजंग बाबुसाहेबको कोट’ मा

Maujang babu ko kot

काठमाडौं । सम्भ्रान्त बर्गले मात्र लगाउन सक्ने बेलायतबाट आयातित ‘बेन्सन’ ब्राण्डको महंगो कोट । अर्थात् धनाढ्यले मात्र लगाउन सक्छन् । त्यसमा पनि राणा खानदानले ।

जुन कोटको आजभोली महत्व छैन र आवश्यकता पनि छैन । तर, सभ्रानत वर्गले त्यसलाई उस्तै महत्व दिन्छन् । जुन कोट माउजंग बाबुले बिहे, पास्नी, भोज लगायतका सामाजिक समारोहमा लगाउने गर्थे । समाज सामु उनको स्टाटसलाई दर्शाउने ‘कोट’ एक बिम्ब थियो ।

तर बिडम्बना, शक्तिमा नभएपछि न कोटले मान्यता पाउँछ, न कोटवालाले नै । ‘बेन्सन’ ब्राण्डको महंगो कोट अर्थात् माउजंग बाबुसाहेबको कोट । राजधानीको राष्ट्रिय नाचघर जमलमा विजय विष्फोटले ‘माउजंग बाबुसाहेबको कोट’ लाई नाट्य रुपान्तरण गरेर मञ्चन गरिहेका छन् ।

कथाकार भवानी भिक्षुले लेखेको नाटक ‘माउजङग बाबुसाहेबको कोट’ लाई विष्फोटले नाट्य रुपानतरण गरेका छन्, जसमा शाषन सत्ता ढले पनि माउजंग बाबु साहेबको कोटको स्नेह भने आज पनि उस्तै छ । तर यो कुरा मान्न समाज तयार हुँदन । कोटका माध्यमबाट यही अन्तद्धन्द्धलाई नाटकले पस्कन खोजिएको छ ।

शक्तिशाली व्यक्ति समय अन्तरालका कारण कमजोर बनेपछिको मनोदशा, हैसियतको मनोविज्ञान अभिजात्य दम्भको उत्कर्ष र अत्यन्त प्रख्यात व्राण्ड वेन्सन कोटलाई प्रतिक बनाएर अति सुक्ष्म ढंगले शासकीय पराजय र विवशापूर्वक स्वीकारोक्ति कथा नाटकभित्र छ । शक्ति समयअनुसार उदय र विलय हुने नाटकमा देखाइएको छ ।

नाटकका निर्देशक विजय विस्फोटले रंगमंचमा विभिन्न खाले बिम्बहरुको समेत प्रयोग गरेका छन् । स्टेजमा प्रयोग गरिएको प्रस्ट अनुहार नदेखिने ऐना, निरस ब्याकग्राउण्ड म्युजिक, ब्ल्याक एण्ड व्हाइट तस्वीर एवं जिकज्याक बाटोले त्यो बेलाको राणाकालिन संकटलाई दर्शाउँछ ।

भदौ २३ देखि प्रदर्शन सुरु भएको नाटक असोज ५ सम्म चल्नेछ । जसमा रोहानी लामा, जेवी डीसी, कोपिला थापा, तुलसा पहाडी, अनिता थापा, किरण चापागाई, रोहित खत्री, दिलीप खड्का, बालकृष्ण रिजाल र छेदा शेर्पाको भूमिका छन् । नाटकको परिकल्पना तथा परिचालक बालकृष्ण रिजाल विज्ञान र संगीत संयोजन जेवी देउजाको छ ।

प्रतिकृया दिनुहोस