मौलिक हकसम्बन्धी चार विधेयक प्रतिनिधिसभाबाट पारित

Sansad baithak 2

काठमाडौ । प्रतिनिधिसभाको शनिबारको बैठकले मौलिक हकसँग सम्बन्धित चार विधेयक पारित गरेको छ ।

पारित विधेयकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) पहिलो संशोधन विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ रहेका छन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेका थिए ।

यसअघि उक्त विधेयकमाथि सांसदहरुले राखेका जिज्ञासाको सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै विधेयक पारित गरेर सहयोग पु-याउन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...